ADD FOR WEBSIDE ADD FOR WEBSIDE
परिस पारा ओलम्पिक

पलेशा गोवर्धन क्वाटरफाइनलमा

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन फ्रान्समा जारी पेरिस पारा ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

ग्रान्ड पेलेसमा भएको पहिलो चरणको खेलमा भेनेजुएलाकी भलेरिया मोरालेसलाई हराउँदै पलेशाले क्वाटर फाइनलमा स्थान बनाएकी हुन् । महिला ५७ केजी मुनिको तौल समुहमा भएको प्रतिस्पर्धामा उनले भेनेजुएलाकी भलेरियालमाथि ३१–० को सहज जित निकालेकी हुन् । क्वाटर फाइनलमा पलेशाले आज ब्राजिलकी सिल्भाना फर्नान्डिससंग प्रतिस्पर्धा गर्नेछिन् ।

आज दिउँसो ४ बजेपछि हुने क्वाटर फाइनलमा पलेशाले जित निकालेमा सेमिफाइनलको यात्रा तय गर्नेछिन् । पारा ओलम्पिकमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

महिला ५७ केजी मुनिको तौल समुहमा पलेसासंगै पुरुष ५८ केजी मुनीको तौल समुहमा भरत सिं महत्तो र पौडीबाट भिम बहादुर कुमाल सहभागि छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्