ADD FOR WEBSIDE ADD FOR WEBSIDE

लिग टु :अघि नेपालले श्रीलङ्कामा ३ एक दिवशीय खेल्ने

शनिबार, भदौ १५, २०८१

काठमाडौँ :नेपाल क्रिकेटसंघ क्यानले श्रीलङ्का भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

आईसीसी विश्वकप लिग–२ को तयारी  स्वरुप  श्रीलंका क्याम्पका लागि क्यानले १९ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले शुक्रवार घोषणा गरेको टोलीमा कप्तान रोहित पौडेलसंगै, दीपेन्द्र सिंह ऐरी , कुशल भुर्तेल, सन्दीप लामिछाने, करण के सी, सोमपाल कामी,कुशल मल्ल, गुलशन झा र ललित नारायण राजवंशी रहेका छन् ।

यस्तै टोलीमा आसिफ सेख, आरिफ सेख,अनिल कुमार साह,देव खनाल, भीम सार्की, अर्जुन साउद,रिजन ढकाल,आकाश चन्द, सागर ढकाल र  सन्दीप जोरा रहेका छन् ।

श्रीलंका भ्रमणका क्रममा नेपालले ३ ओटा अभ्यास र श्रीलंका डेभलभमेन्ट टिमसंग ३ वटा एक दिवशीय क्रिकेट खेल्नेछ ।

विश्वकप लिग–२ आगामी सेप्टेम्बरमा क्यानाडामा हुने छ ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्