ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पारा ओलम्पिकमा पलेशालाई ऐतिहासिक कास्य

शनिबार, भदौ १५, २०८१

काठमाडौँ : नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकी छन् ।

उनले खेलेकी तीन खेलमध्ये एक खेलमा पराजय भोग्दै सेमिफाइनलमा स्थान बनाउन चुकेकी उनले अन्तिम खेलमा नेपाललाई ऐतिहासिक काश्य दिलाएकी हुन् । महिला ५७ केजीमुनि तौल समूह अन्तर्गत गएराति भएको खेलमा सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै उनले नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।

नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी हुन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्