ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पलेशा गोवर्धनले सरकारबाट ६५ लाख पाउने 

शनिबार, भदौ १५, २०८१

काठमाडौँ : फ्रान्समा जारी पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक बिजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार सरकारले पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ । नियमावली अनुसार स्वर्णपदक बिजेतालाई सबैभन्दा धेरै १ करोड ३० लाख रुपैयाँ सरकारले दिनुपर्छ ।

यस्तै रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने ब्यबस्था छ । पलेशासंगै सरकारबाट प्रशिक्षक र नेपाल तेक्वान्दो संघले पनि पुरस्कार पाउने छन् ।

प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार तथा नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पलेशाले सर्बियन खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक दिलाएकी हुन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्