ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अभ्यासकालागि नेपाली टोली श्रीलंका प्रस्थान

आइतबार, भदौ १६, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको छ ।

क्यानडामा हुने विश्वकप लिग टु अघिको अन्तिम तयारीका लागि नेपाली  टोली आज श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ(क्यान) ले जनाएको छ । श्रीलंकामा रहँदा नेपाली टोलीले श्रीलंका डेभलभमेन्ट टिमसंग ३ ओटा एक दिवशीय अभ्यास खेल खेल्नेछ । नेपालले यहि भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने क्यानले जनाउको हो ।

श्रीलंका भ्रमणका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ  । सन्दीप लामिछाने सहित केहि खेलाडीहरु भोली मात्रै क्यानाडा जाने भएका छन् ।

भिषा प्रकृयामा रहेकाले लामिछानेसहतका केहि खेलाडीहरु टोलीसँगै जान नपाएको हो । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्