ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू -१७ : नेपालले पहिलो खेल बंगालादेशसंग खेल्ने

आइतबार, भदौ १६, २०८१

काठमाडौँ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १७ बर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुने च्याम्पियन्ससीपको उद्धघाटन खेलमा भारत र बंगालादेशबीच प्रतिस्पर्धा हुनेछ । सेप्टेम्बर २१ मा हुने दोस्रो खेलमा नेपालले पाकिस्तानको सामाना गर्नेछ । प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

साफले  सात टोलीलाई दुई समुहमा बिभाजन गरेको छ । समूह बी मा नेपाल र पाकिस्तानसँगै आयोजक भुटान र श्रीलंका छन् । यस्तै समूह ए मा साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश छन् ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्