ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिगमा कोशीको विजयी सुरुवात

आइतबार, भदौ १६, २०८१

काठमाण्डौँ :  एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको उद्धघाटन खेलमा वालिङ नगरपालिका स्याङ्जालाई ४–० ले पराजित गर्दै कोशीले विजयी सूरुवात गरेको हो ।

कोशीको जितमा समिक्षा मगरले दुई गोल गरिन् । यस्तै सञ्जुमाया तामाङ र प्रतिक्षा राईले एक–एक गोल गरिन् । प्रतियोगितामा नेपाल पुलिस, संकटा, कोशी प्रदेश, कर्णाली प्रदेश, बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ ।

koshi-vs-waling-1725190570.jpg

यस्तै सशस्त्र प्रहरीको एपिएफ, वालिङ नगरपालिका स्याङ्जा, चन्द्रपुर नगरपालिका रौतहट र सुदुरपश्चिम प्रदेश गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेे छन् ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेतालाई ५ लाख नगद पुरस्कार पाउनेछन् । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्