ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपको सफाई बिरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने तयारीमा सरकार

सोमबार, भदौ १७, २०८१

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा सर्बोच्च पुग्ने भएको छ ।

उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएपनि सरकार आँफैले उक्त मुद्धामा सर्वोच्च अदालतमा पुनरावेदन गर्न लागेको हो ।

उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल आइतबार महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले जनाएको छ । जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्