ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बागमती युथको विजयी सुरुवात 

सोमबार, भदौ १७, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै बागमतीले बिजयी सुरुवात गरेको हो । बागमतिको जितमा अश्मिता खवासले ह्याट्रिक गोल गरिन् ।

शाहारा लिम्बु र आरती भुजेलले एक/एक गोल गरिन् । सुदूरपश्चिम प्रदेशका लागि खेलको ९० औँ मिनेटमा तुल्छा बोहराले सान्त्वना गोल फर्काएकी थिईन्  । ह्याट्रिक गोल गर्ने बागमतिका अश्मिता खवास प्लेयर अफ दी म्याच घोषित भएकी छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्