ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० विश्वकपमा आतंकवादी हमलाको धम्की !

सोमबार, वैशाख २४, २०८१

काठमाण्डौँ :टी–२० विश्वकप प्रतियोगिता सुरु हुनु अगावै क्यारेबियन देश वेस्ट इन्डिजमा आतंकवादी हमलाको धम्की आएको छ । उत्तर पाकिस्तानबाट आएको धम्कीमा आतंकवादी संगठन इस्लामिक स्टेटले सन् २०२४ को टी–२० विश्वकप लगायत विश्वभरका प्रमुख कार्यक्रमहरूलाई लक्षित गर्ने धम्की दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्यारेबियन मिडिया रिपोर्टहरूले आईएसको मिडिया समूह ’नासिर पाकिस्तान’ बाट गुप्तचर जानकारी प्राप्त गरेको बताएको छ । त्रिनिदाद एक्सप्रेसका अनुसार ’नासिर पाकिस्तान’ आईएससँग जोडिएको प्रचार च्यानल समेत हो ।

उक्त धम्कीपछि अमेरिका र वेष्टईण्डिजमा उच्च सुरक्षा सर्तकता अपनाईएको छ । क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले  आयोजक देशहरू र शहरहरूमा सुरक्षका बिषयमा अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले पनि आतंकवादी हमलाको चेतावनी आएको पुष्टि गरेको छ । यद्यपि, यस्तो खतरासँग लड्नका लागि पूर्ण सुरक्षा योजना रहेको आईसीसीले स्पष्ट पारेको छ ।

टी–२० विश्वकप खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीपनि अमेरिका पुगिसकेको छ । नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ ।

जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ ।

बिश्वकप क्रिकेट आगामी आगामी जुन १ बाट अमेरिका र वेष्टईडिजमा सुरु हुँदैछ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्