ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले आज श्रीलंका डिभलपमेन्टसंग एक दिवशीय खेल्दै

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ :आइसीसी विश्वपक लिग टु को तयारीकालागि श्रीलंका पुगेको नेपाली टोलीले आज आफ्नो पहिलो खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसारले यसअघि जारी भएको खेल तालिकामा पविर्तन भएको जनाउँदै आज पहिलो खेल खेल्ने बताएको हो । क्यानले यसअघि जारी गरेको तालिकामा नेपालले हिजो पहिलो अभ्यास खेल्ने बताएको थियो । नेपालले श्रीलंका डिभलपमेन्टसंग आज बिहान पहिलो ओडिआई खेल्न लागेको हो ।

नेपाल र श्रीलंका डिभलपमेन्टबीचको खेल बिहान सवा १० बजे हुनेछ  । यसअघि पहिलो एक दिवशीय खेल बिहान साँढे ९ बजे खेलाईने जनाएको थियो । दोस्रो ओडिआई खेल नेपालले भोली खेल्नेछ । बिहिवार नेपालले अभ्यास खेल खेलेपछि शुक्रवार तेस्रो तथा अन्तिम ओडिआई खेल्ने तालिका छ । नेपालले शनिवार अन्तिम अभ्यास खेल खेल्नेछ ।

यसअघि नेपाल क्रिकेटसंघ क्यानले श्रीलङ्का भ्रमणमा जाने टोलीले ३ ओटा अभ्यास र ३ ओटा एक दिवशीय खेल्ने जनाएको थियो । पछिल्लो तालिकामा नेपालले दुई ओटा मात्रै अभ्यास खेल खेल्नेछ ।

विश्वकप लिग–२ आगामी सेप्टेम्बरमा क्यानाडामा हुने छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०५:१०
प्रतिक्रिया दिनुहोस्