ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सरस्वती ,निरुता  र सुमित्रा पुलिस क्लबमा आवद्ध

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ : राष्ट्रिय महिला भलिबल टोलीका तीन खेलाडी नेपाल पुलिस क्लबमा अनुबन्ध भएका छन् ।

माल्दिभ्समा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपकालागि पुलिसले सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीलाई क्लबमा भित्राएको हो ।

पुलिसले उक्त प्रतियोगिताका लागि मात्रै विभागीय प्रतिद्धन्द्धी नेपाल एपिएफ क्लबबाट सरस्वती र निरुता तथा न्यु डायमन्ड युथ स्पोर्टस क्लबबाट सुमित्रालाई क्लबमा अनुबनधन गरेको हो । पुलिसमा उषा भण्डारी, पुनम चन्द, शान्तीकला तामाङ, कामना विष्ट जस्ता राष्ट्रिय टोलीका खेलाडीहरु  छन् ।  

प्रतियोगिता आगामी सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्