ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिग फुटबलमा आज दुई खेल हुने 

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुई टोलीबीचको खेल दिउँसो सवा १२:३० बजे हुनेछ । दुवै टोली आज विजयी सुरुवात गर्न चाहान्छन् ।

यस्तै आजै हुने दोस्रो खेलमा विभागिय टोलीहरु शसस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ४:१५ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ ।

सोमवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै बागमतीले बिजयी सुरुवात गरेको हो । बागमतिको जितमा अश्मिता खवासले ह्याट्रिक गोल गरेकि थिईन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्