ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू -२० फुटबल खेलाडीले पाए ५० हजार पुरस्कार

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ : बीस बर्ष मुनिको राष्ट्रिय फुटबल टोलीका खेलाडीले नगद पुरस्कार पाएका छन् ।

अगस्ट १८ देखि २८ सम्म एन्फा कम्प्लेक्समा भएको साफ च्याम्पियनसिप २०२४ मा उपविजेता बनेका  राष्ट्रिय टोलीका खेलाडीहरुलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको अखिल नेपाल फुटबलसंघ एन्फाले जनाएको छ ।

एन्फा पूर्व–सहभागीय बैठकले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार र कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई विनियोजन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि खेलाडीले टिकट बिक्रीबाट उठेको कुल आम्दानीको २० प्रतिशत अर्थात १५ हजार ४० रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् । यासंगै एक खेलाडीले ६५ हजार ४० रुपैयाँ पाएका छन् ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, उपप्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जनले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।  टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई पनि २५ हजार रुपैयाँ प्रदान गरिएको एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्