ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

चन्द्रपुर र कर्णालीको खेल बराबरीमा टुंगियो

मंगलबार, भदौ १८, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा टुंगिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा दुबै टोली एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको छैटौँ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीका लागि अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको ईन्जुरी समयमा चन्द्रपुर नगरपालिकाका लागि रजनी थोकरले बराबरी गोल फर्काइन् ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा टुंगिएको हो । आजै हुने दोस्रो खेलमा विभागिय टोलीहरु शसस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्