ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पलेशालाई महानगरको पाँच लाख सहयोग

बुधबार, भदौ १९, २०८१

काठमाडौँ : काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।  

मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा महानगरले पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको हो । साथै कोच रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको महानगरले जनाएको छ ।

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्