ADD FOR WEBSIDE ADD FOR WEBSIDE
विश्वकप लिग– २

नेपालले उद्घाटन खेलमा क्यानाडासंग खेल्ने

बुधबार, भदौ १९, २०८१

काठमाडौँ : आईसीसी विश्वकप लिग– २ को पहिलो खेलमा नेपालले घरेलु टोली क्यानाडाको सामना गर्ने भएको छ ।

क्रिकेट क्यानाडाले जारी गरेको खेल तालिका अनुसार आगामी सेप्टेम्बर १६ तारिखबाट क्यानाडाको घरेलु मैदानमा सुरु हुने लिग– २ को उद्धघाटन खेलमै नेपाल र घरेलुटोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिग– २ अन्तर्गत टी–२० त्रिकोणत्मक सिरिजमा घरेलुटोलीसंगै नेपाल र ओमान सहभागि हुनेछ । क्यानडाको मैदान माप्ले लिफ क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजमा कूल १२ ओटा खेलहरु हुनेछन् ।

जसमा प्रत्येक टोलीले ४–४ ओटा खेल खेल्नुपर्नेछ । 

458216410_1057536246372319_1298626670181099764_n-1725440760.jpg


 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्