ADD FOR WEBSIDE ADD FOR WEBSIDE

धुलिखेलमा कृत्रिम घाँसे मैदान बनाउन १ लाख अमेरिकी डलर विनियोजन

बुधबार, भदौ १९, २०८१

काठमाडौँ : काभ्रेको धुलिखेलमा कृत्रिम घाँसे फुटबल मैदान बन्ने भएको छ ।

उक्त मैदान निर्माणका लागि बुधवार धुलिखेल नगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ । धुलिखेल खेल मैदानमा कृत्रिम घाँसे मैदान निर्माणको एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग र धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा एन्फा महासचिव किरण राई र धुलिखेल–३ का वडाअध्यक्ष गणेश आचार्य सहभागि थिए ।

२०८१ भाद्र ११ र १३ गते सम्पन्न एन्फा कार्यसमिति बैठकले सो मैदान निर्माणका लागि १ लाख अमेरिकी डलर विनियोजन गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्