ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

मुम्बईलाई घरेलु मैदानमै हैदरावादले दियो १७४ रनको चुनौती

सोमबार, वैशाख २४, २०८१

काठमाण्डौ: ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा सनराईजर्स हैदराबादले मुम्बई ईण्डियन्ससामु जितका लागि १ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
वानखेडे रंगशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि ट्राभिस हेडले सर्बाधिक ४८ रबन नाउँदा अर्धसतक बनाउन मात्र २ रनले चुके । नितिश कुमार रेड्डीले २० रन जाडे । म्याक्रो जानसेन १७ रन जोडेर बोल्ड आउट भए । सहबाज अहमेद १० रन बनाउँदै क्याच आउट भए ।
हैदराबादका हार्दिक पाण्डेय र पीयुस चावलाले समान तीन तीन विकेट झारे । अन्सुल कम्बोज र जसप्रित बुमराहले १ १ विकेट लिएका छन् ।
६ अंकसहित तालिकाको पुछारमा रहेको मुम्बईको प्लेअपको यात्रा भने टुंगिसकेको छ । सोमबारको खेल पराजित भएमा मुम्बई प्ले अपको यात्राबाट बाहिरिने पहिलो टोली हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्