ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आर्मीले संकटालाई चार शुन्यले हरायो

बुधबार, भदौ १९, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा त्रिभुवन आमी क्लबले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो राउन्डको अन्तिम खेलमा आर्मीले संकटा फुटबल क्लबमाथि ४–० को फराकिलो जित निकालेको हो । आर्मीको जितमा बिमला चौधरीले २ गोल गरिन् ।

साबित्रि देवी मगर र अनिता लमजेलले १–१ गोल गरिन् । आर्मीका दिपा शाही खेलको प्लेअर अफ दि म्याच घोषित भइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्