ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

बागमतीलाई हराउँदै कोशी शिर्षमा

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ : लगातार दोस्रो जित निकाल्दै कोशी प्रदेश एन्फा महिला लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा बागमती युथ क्लबलाई २–१ गोलले पराजित गर्दै कोशी शिर्ष स्थानमा उक्लिएको हो । कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार पायो ।

बागमतीका लागि बिष्नु माया बलले सान्त्वना गोल गरिन् । बागमतीका लागि २६औं मिनेटमा बिष्नु मायाले गोल गर्दै अग्रता दिलाए पनि  त्यसको ३ मिनेट लगत्तै कोशीकि समिक्षाले बराबरी गोल फर्काईन् । बागमतीकी दिव्या स्माईली मगरले ५४औं मिनेटमा आत्मघाती गोल गर्न पुगेकि थिईन् ।

लगातार दोस्रो जितसँगै कोशी ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्