ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सिन्धुपाल्चोकमा मैदान बनाउन एन्फाले १ लाख डलर दिने 

बिहीबार, भदौ २०, २०८१

काठमाडौँ : सिन्धुपाल्चोकमा फुटबल मैदान निर्माणमा अखिल  नेपाल फुटबल संघ (एन्फा ले सहयोग गरेको छ  ।

सिन्धुपाल्चोकको सुनकोशीमा गाउँपालिका स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको खेलमैदान स्तरउन्नतिका लागि एन्फासंग सम्झौता भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहिवार भएको सम्झौतामा सुनकोशी गाउँपालिकाका अध्यक्ष तपेन्द्र प्रसाद तिमल्सिना, एन्फा उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्यद्वय विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा तथा  सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

एन्फाले उक्त मैदान स्तरउन्नतिकालागि १ करोड ३० लाख भन्दाबढी रकम प्रदान गर्नेछ । एन्फाको २०८१ भाद्र ११ र १३ गते बसेको कार्यसमिति बैठकले सो परियोजनाका लागि १ लाख अमेरिकी डलर विनियोजन गरिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्