ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले दियो श्रीलंकालाई १६० रनको लक्ष्य 

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ :आइसीसी विश्वकप लिग टु को तयारीमा रहेको नेपालले श्रलिंकासंग डिभलम्मेन्ट ११ संगको अभ्यास खेलमा १६० रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । नेपालकालागि कुशल भुर्तेलले सर्वाधिक ४३ रनको योगदान गरे । यस्तै कुशल मल्लले ३५ रन जोडे । आरिफ शेखले २० रन जोड्दा सोमपाल कामी २ रनमा समेटिए । रोहित पौडेलको अनुपस्थितमा आज नेपालको कप्तानी सोमपाल कामीले सम्हालेका थिए ।

दिपेन्द्र सिं ऐरी,सन्दिप लामिछाने पनि आजको खेलमा अनुपस्थित रहे । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्