ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रंगाशाला निर्माणका बिषयमा प्रधानमन्त्रीसंग एन्फा प्रतिनिधिको भेट

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ :नेपालमा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगाशाला निर्माणका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अखिल नेपाल फुटबल संघका प्रतिनिधिबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालवटारमा आज भएको भेटमा रंगाशालका निर्माणका लागि चाहिने जग्गाको छनौट,आवश्यक बजेट निकासीका बिषयमा प्रधानमन्त्री ओली आवश्यक पहलकदमी लिने बताएका छन् ।

भेटघाटका क्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दिपक खतिवडा र दावा लामा, केन्द्रीय सदस्य मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर र कोषाध्यक्ष रविन्द्र जोशी लगायत सहभागि थिए  ।

संघले नयाँ रङ्गशाला निर्माणका लागि प्रारम्भमा २२ लाख अमेरिकी डलर विनियोजन गरिसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्