ADD FOR WEBSIDE ADD FOR WEBSIDE

संकटा  र चन्द्रपुरको खेल बराबरी

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा संकटा  क्लब र चन्द्रपुर नगरपालिकाबीचको खेल बराबरीमा टुंगिएको छ ।

सातोबाटो स्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् । बराबरीसंगै एक अंक जोडेको संकटा, सुदुरपश्चिम प्रदशेलाई पछि पार्दै नवौँ स्थानमा उक्लिएको छ ।

जारी लिगमा ६ अंक सहित कोशी प्रदेश शिर्ष स्थानमा छ । ३ अंक सहित त्रिभुवन आर्मी दोस्रो तथा समान अंकको बागमती तेस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत आजै दिउँसो ४ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्