ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अभ्यास खेलमा नेपाल श्रीलंकासंग पराजित

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ : श्रीलंका डिभलमेन्ट -११ संगको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

आज भएको खेलमा नेपाल श्रीलंकासंग डिभलम्मेन्ट -११ संग ५ विकेटले पराजित भएको हो ।  जितका लागि नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले २६.५ ओभरमा ५ विकेटको क्षतिमा भेटायो । श्रीलंकाको जितमा के सञ्जुलालले सर्वाधिक ६८ रनको योगदान गरे । त्यसअघि टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

नेपालकालागि कुशल भुर्तेलले सर्वाधिक ४३ रनको योगदान गरे । यस्तै कुशल मल्लले ३५ रन जोडे । आरिफ शेखले २० रन जोड्दा सोमपाल कामी २ रनमा समेटिए ।

रोहित पौडेलको अनुपस्थितमा आज नेपालको कप्तानी सोमपाल कामीले सम्हालेका थिए । पौडेलसंगै दिपेन्द्र सिं ऐरी र सन्दिप लामिछानेले पनि खेलेका थिएनन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्