ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

पुलिससंग सुदुरपश्चिम ९–० ले पराजित

शुक्रबार, भदौ २१, २०८१

काठमाडौँ : सुदुरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

सातोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सुदुरपश्चिम प्रदशेलाई ९–० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो  स्थानमा उक्लिएको हो । पुलिसको जितमा दीपा न्यापौने र निरु थापाले ह्याट्रिक गोल गरेकी छन् ।

घिम कुमारी गुरुङ,अनुश्का शेर्पा र पुजा रानाले एक/एक गोल गरिन् । जितसंगै पुलिसले ४ अंक बटुलेको छ ।

यसअघि आजै भएको खेलमा संकटा  क्लब र चन्द्रपुर नगरपालिकाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । जारी लिगमा ६ अंक सहित कोशी प्रदेश शिर्ष स्थानमा छ ।

४ अंकको पुलिस दोस्रो तथा ३ अंक सहित त्रिभुवन आर्मी तेस्रो स्थानमा छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्