ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

आर्मीलाई हराउँदै एपिएफ दोस्रो स्थानमा 

शनिबार, भदौ २२, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा बिभागिय टोली शसस्त्र प्रहरीको एपिएफले पहिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो चरणको अन्तिम खेलमा बिभिागिय टोली त्रिभुवन आर्मीलाई २–१ गोलले हराउँदै एपिएफले पहिलो जित निकोलेको हो । पहिलो हाफमा सबिता राना मगरको गोलबाट एपिएफले अग्रता लिएको थियो । तर दोस्रो हाफमा आर्मीकी बिमला चौधरीले बराबरी  गोल फर्काईन् ।

खेलको ६६ औँ मिनेटमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले डिबक्समा फाउल गर्न पुगेपछि एपिएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गिता रानाले गोल गर्दै एपिएफलाई स्पष्ट जित दिलाईन् ।

त्यसपछि निर्धारित  र असतरिक्त समयमा दुबै टोलीबाट थप गोल हुन सकेन । जितसंगै एपिएफ ४ अंक सहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

६ अंक सहित कोशी शिर्ष स्थानमा छ । ४ अंकको पुलिस दोस्रो स्थानमा छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्