ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इङ्ल्यान्डको ‘सि’ टोलीसंग नेपाल पराजित 

सोमबार, वैशाख २४, २०८१

काठमाण्डौःनेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्डको ‘सि’ टोलीसंग पराजित भएको छ । इङ्ल्यान्डको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार राती भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

खेलको ८ औँ मिनेटमा एक गोलले पछि परेको नेपालले त्यसको ५ मिनेटपछि अर्को गोल खान पुगेको थियो । इङ्ल्यान्डको ‘सि’ का लागि खेलको आठौं मिनेटमा निक काबाम्बाले गोल गर्दै अग्रता दिलाएका थिए ।

लगत्तै १३औं मिनेटमा नेपालले दोस्रो गोल खान पुगेको थियो । उसकालागि क्यालाम स्टेडले गोल गर्दै  अग्रता दोब्बर बनाए ।

इङ्ल्यान्ड ‘सि’ टोलीमा इङ्ल्यान्डको पाँचौं डिभिजनका खेलाडीहरु रहेका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २२:५४
प्रतिक्रिया दिनुहोस्