ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिस लामाचौर कप भलिबलको च्याम्यिन

आइतबार, भदौ २३, २०८१

पोखरा : एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस लामाचौर कप भलिबल प्रतियोगिताको च्याम्यिन बनेको छ ।

पोखरामा हिजो भएको पुरुषतर्फको फाईनलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसले पहिलो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २१–२५ ले गुमाउन पुग्यो ।

तेस्रो सेटमा पुनः खेलमा फर्कदै पुलिसले २५–१९ को जित निकाल्दै २–१ को अग्रता बनाएपनि चौथो सेटमा एपिएफ खेलमा फर्कदैँ २५–२२ को जित निकालेपछि खेल २–२ को बराबरीमा पुग्यो ।

निकै प्रतिस्पर्धाध्मक बनेको पाँचौ सेट प्रतिस्पर्धात्मक पनि रह्यो । अन्तिम सेटमा पुलिसले बाजी मार्दै खेल आफ्नो पक्षमा पारेको हो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्