ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मलेसियासंग हङकङ ३ रनले पराजित

आइतबार, भदौ २३, २०८१

काठमाडौँ : आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनौटको खेलमा मलेसियाले हङकङलाई पराजित गरेको छ ।

शनिवार भएको खेलमा मलेसियाले हङकङमाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो । जितकालागि मलेसियाले दिएको १२४ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२१ रनमा समेटियो । हङकङकालागि कप्तान निजाकत खानले सर्वाधिक ३४ रनको योगदान गरे । जिशन अलीले २५ तथा जमै अत्किन्सनले २० रन जाड्पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

हङकङलाई सस्तैमा समेट्नेक्रममा बलिङतर्फ शैयद अजिजले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि बायोमास ओभल क्वालालाम्पुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोलीले १८.४ ओभरमा सवै विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

उसकालागि कप्तान शैयद अजिजले सर्वाधिक ४० रनको योगदान गरे । मुहम्मद अमिरले २९ तथा शर्भिन मुण्डिले २४ रनको योगदान गरे ।

जितसंगै मलेसियाले ८ अंक जोडेको छ । हारका बाबजुत समान ८ अंकको हङकङ दोस्रो स्थानमा छ । समान अंकको ओमान शिर्ष स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्