ADD FOR WEBSIDE ADD FOR WEBSIDE

स्कटल्याण्डविरुद्धको  टी–२० शृङ्खला अस्ट्रेलियाद्वारा क्लिन स्वीप

आइतबार, भदौ २३, २०८१

एजेन्सी : स्कटल्याण्डविरुद्धको  टी–२० क्रिकेट शृङ्खला अस्ट्रेलियाले क्लिन स्वीप गरेको छ ।

इडेनवर्गमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले ६ विकेटको जित निकाल्दै श्रृखंला क्लीन स्वीप गरेको हो । जितकालागि स्कटल्याण्डले दिएको एक सय ५० रनको लक्ष्य अष्ट्रेलियाले १६.१ ओभरमा मात्र चार विकेट गुमाएर भेटायो ।

अस्ट्रेलियाको जितमा क्यामरन ग्रिनले अविजित रहादैँ सर्वाधिक ६२ रनको योगदान गरे । कप्तान मिचेल मार्सले ३१ तथा टिम डेभिटले २५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५६ रन बनाएका थिए ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्