ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिस महिला भलिबल टोलीको बिदाई

आइतबार, भदौ २३, २०८१

काठमाडौँ : माल्दिभ्समा हुने काभा वुमन्स भलिबल क्लब च्याम्पियनसीपमा नेपाल प्रहरीको महिला भलिबल टोलीले सहभागिता जनाउँदैछन् । 
च्याम्पियनसीप यहि भदौ ३० गतेदेखि असोज ५ गतेसम्म माल्दिभ्समा हुनेछ । प्रहरी महिला भलिबल टोलीलाई आइतबार नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित बिदाई गरुेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गरेका हुन् । उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् ।  
प्रहरी महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको चर्चा गर्दै देशको खेलकुद विकासमा नेपाल प्रहरीले पु¥याएको योगदान उल्लखनीय रहेको बताए । 

नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टी गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने उनको भनाई छ ।

प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना दिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्