ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

कोशीले कर्णालीलाई चार शुन्यले हरायो

आइतबार, भदौ २३, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा कर्णाली प्रदेशलाई ४–० ले पराजित गर्दै कोशीले अपराजित यात्रा कायमै राखेको हो ।

कोशीको जितमा पूर्णिमा राईले दुई गोल गरिन् । समिक्षा मगर र प्रतिक्षा राईले एक/एक गोल गरिन् । लगतार तेस्रो जितसंगै ६ अंक जोडेको कोशी शिर्ष स्थानमा कायमै छ ।

आजै हुने दोस्रो खेलमा नेपाल पुलिस र बागमती क्लबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेलमा एन्फा कम्प्लेक्समा दिउँसो सवा ४ बजे सुरु हुनेछ । खेलेका दुई खेलमध्ये पुलिसले एकमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ ।

पुलिस ४ अंक सहित दोस्रो स्थानमा छ । बागमति पनि पुलिसलाई हराउँदै दोस्रो स्थानमा पुग्न चाहान्छ । ३ अंकको बागमती चौथो स्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्