ADD FOR WEBSIDE ADD FOR WEBSIDE

धादिङमा खुल्ला फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुँदै

आइतबार, भदौ २३, २०८१

धादिङ :  धादिङमा तेश्रो धादिङ खुल्ला फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको सहयोगमा आगामी असोज ५ देखि ७ गते सम्म राष्ट्रिय प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेबवेसीमा हुने आयोजकले जनाएको छ । । प्रतियोगितामा पहिलो हुनेले ४० हजार नगद ट्रफी र मेडल पाउनेछन । दोश्रो हुनेले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार छैटौं र सातौं हुनेले ५/५ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा १९ बर्ष मुनिका खेलाडीहरु सहभागी हुने छन् । सोही समयमा जिल्ला स्तरीय चेस प्रतियोगता पनि आयोजना गरिएको छ । धादिङ जिल्ला बुद्धिचाल संघको आयोजनामा असोज ६ देखि ७ गते सम्म महादेबवेसीमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष विकास कार्कीले जनाए ।

जिल्ला स्तरीय प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । जिल्ला स्तरीय प्रतियोगितामा सबै उमेर समूहका खेलाडी सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्