ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पुलिसकाे दाेस्राे जित,बागमती एक शुन्यले पराजित

आइतबार, भदौ २३, २०८१

काठमाडौं :एन्फा महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा बागमति प्रदेशलाई १-० गोलले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा पुलिसले बाजी मार्यो । खेलको ६५ औँ मिनेटमा निर्मला उपाध्यायले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिईन् ।

जितसंगै दोस्रो स्थानको पुलिसले स्पष्ट ३ अंक जोड्दै लिगमा ७ अंक बनाएको छ । आजै भएको पहिलो खेलमा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्दै कोशीले अपराजित यात्रा कायमै राखेको हो ।

कोशीको जितमा पूर्णिमा राईले दुई गोल गरिन् । समिक्षा मगर र प्रतिक्षा राईले एक/एक गोल गरिन् । लगातार तेस्रो जितसंगै ९ अंक जोडेको कोशी शिर्ष स्थानमा कायमै छ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्