ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जुनियर यू–२० एथलेटिक्समा सहभागि हुने खेलाडी भोली भारत जाने

आइतबार, भदौ २३, २०८१

काठमाडौँ : दक्षिण एसियाली जुनियर यू–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भोली भारत जाने भएको छ । ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार भारतको चेन्नई प्रस्थान गर्न लागेको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ । टोलीमा नेपालका विभिन्न धावक तथा जम्पर खेलाडीहरू समावेश छन् ।

पुरुषतर्फः
आदेशकुमार यादवः १००/४०० मिटर दौड
युवराज विकः १००/२०० मिटर दौड
बादल कार्की र अजय विकः १५००/३००० मिटर दौड
विशाल गुरुङः लङजम्प/त्रिपलजम्प
महिलातर्फः
अस्मिता भुजेल र नारायणी भण्डारीः १५००/३००० मिटर दौड
डिना गोपालीः १००/२०० मिटर दौड
अनिशा थारुः ४०० मिटर दौड, लङजम्प, त्रिपलजम्प
टोलीका मुख्य प्रशिक्षक उषाकुमारी कर्ण र प्रशिक्षक विमला राना रहेका छन् । आदेशकुमार यादव, बादल कार्की, र अजय विक बाहेक सबै खेलाडीहरूको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्