ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वालिङले संकटालाई हरायो

सोमबार, भदौ २४, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा वालिङ नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा वालिङले संकटा फुटबल क्लबलाई १–० ले पराजित गरेको हो। वालिङका लागि सिसी एनटाेङ्गोले निर्णायक गोल गरिन ।

जितसँगै वालिङ दुई खेलबाट ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा पुगेको छ। संकटा भने अंकविहीन छ।आज हुने दोस्रो खेलमा नेपाल एपिएफ क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल अपरान्ह पौने ४ बजदेखि सुरु हुनेछ । एपिएफ १जितर १ बराबरीका साथ तेस्रो स्थानमा छ ।चन्द्रपुर भने २ बराबरीका साथ सातौं स्थानमा छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्