ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यू–२० एसियन कप छनोटका लागि अन्तिम टोलीको घोषणा

सोमबार, भदौ २४, २०८१

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । आगामी सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।

उक्त समुहमा नेपालसंगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँग रहेका छन् । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग खेल्नेछ ।

नेपालले तेस्रो खेल सेप्टेम्बर २५ मा उज्वेकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ ।

-यस्तो छ नेपालको अन्तिम टोली 

गोलकिपरः अमित टमाटा, जियारथ शेख, कृषाल मोक्तान ।

डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा, दिपक थापा मगर ।
मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लचु थापा, सरोज दारलामी, प्रशान्त लक्सम

फरवार्डः अनिल भोम्जन, धन सिंह विक, धरबेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ, निरजन धामी ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्