ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मुम्बईसंग हार्यो हैदराबाद 

मंगलबार, वैशाख २५, २०८१

काठमाण्डौँ :सूर्यकुमार यादबले बिस्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेलेपछि ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा मुम्बई ईण्डियन्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले  पराजित गरेको छ । १ सय ७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

मुम्बईको जितमा सूर्यकुमार यादबले शतकिय पारी खेल्दै १०२ तथा तिलक बर्माले अविजत ३७ रन जोडे । यादबको आईपिएलमा पहिलो तथा टि-२० क्रिकेटमा पाँचौ शतक हो । त्यसअघि वानखेडे रंगशाला मुम्बईमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

उसका लागि ट्राभिस हेडले सर्बाधिक ४८ रन बनाउँदा अर्धसतक बनाउन मात्र २ रनले चुके । जितसंगै मुम्बई एक स्थान माथि उक्लदैँ पुछारबाट लिगको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्