ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप लिग –२ का लागि नेपाली टोलीको घोषणा 

सोमबार, भदौ २४, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग –२ का लागि नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानाडामा हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले सोमवार रोहित पौडेलेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन साउद र  रिजन ढकालले पुनरागमन गरेका छन् भने देव खनाल ट्राभल रिजर्भ खेलाडीमा परेका छन् ।

यस्तै टोलीमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के.सी., गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् ।

लिग–२ आगामी सेप्टेम्बर १६ देखि क्यानाडामा हुनेछ । क्रिकोणत्मक सिरिजमा क्यानाडा,ओमान र नेपालले प्रतिस्पर्धा गर्नेछ । उद्धघाटन खेलमा नेपालले क्यानाडासंग १६ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्