ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चन्द्रपुरलाई ६ शुन्यले हराउँदै एपिएफ तेस्रो स्थानमा

सोमबार, भदौ २४, २०८१

काठमाडौँ : सशस्त्र प्रहरीको एपिएफ कल्ब एन्फा महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित (एन्फा) कम्प्लेकस्मा सोमवार भएको खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध ६–० को फराकिलो जित निकाल्दै एपिएफ तेस्रो स्थानमा पुगेको हो ।

एपिएफको जितमा रेनुका नगरकोटेले दुई गोल गरिन् । सविता रानामगर, रश्मीकुमारी घिसिङ, प्रीति राई र गीता रानाले समान एक गोल गरिन् । जितसंगै ७ अंक जोडेको एपिएफ तेस्रो स्थानमा पुगेको छ ।

यसअघि सोमवारनै भएको पहिलो खेलमा वालिङ नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले संकटा फुटबल क्लबलाई १–० ले पराजित गरेको हो ।

वालिङका लागि सीसी नानटाङकाले निर्णायक गोल गरिन । जितसँगै वालिङ दुई खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्