ADD FOR WEBSIDE ADD FOR WEBSIDE

को-को परे पल्सर स्पोर्ट्स अवार्डको मनोनयनमा ?

सोमबार, भदौ २४, २०८१

काठमाडौँ :पल्सर स्पोर्ट्स अवार्ड २०८० को ४ विधाको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै वर्षको उत्कृष्ट महिला , पुरुष, युवा र प्रशिक्षक गरि ४ विधामा समान ५/५ जनाको मनोनयन सार्वजनिक गरेको हो । जसमध्ये क्रिकेटबाट सबैभन्दा बढी ५, फुटबल र करातेबाट समान ३/३ जना मनोनयनमा परेका हुन् ।

महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा कराँतेकी एरिका गुरुङ , कबड्डीकी मेनुको राजवंशी, क्रिकेटबाट रुबिना क्षेत्री ,फुटबलबाट सावित्रा भण्डारी र एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ परेका छन् । वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा फुटबलबाट अनन्त तामाङ, क्रिकेटबाट रोहितकुमार पौडेल,दीपेन्द्रसिंह ऐरी ,कराँतेबाट मोहम्मद शेखु आलम र गल्फबाट सुवास तामाङ मनोनयनमा परेका हुन् ।

यस्तै युवा वर्ष खेलाडीको मनोनयनमा क्रिकेटबाट अर्जुन कुमाल,भारोत्तोलनबाट हेमन्त पाल,फुटबलबाट प्रीति राई,टेबलटेनिसबाट सुजन गडाल र टेनिसबाट सुनीरा थापा रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा , कुशल श्रेष्ठ , मोन्टी देसाई , पार्वती राई , र सञ्जय मर्हजन रहेका छन् ।

अवार्ड घोषणा यहि भदौ २८ गते प्रज्ञा–भवन कमलादीमा हुने छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्