ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिगमा आज सुदुरपश्चिम र आर्मी भिड्ने 

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज एक मात्र खेल हुने भएको छ ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा सुदुरपश्चिम प्रदेश र बिभागिय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । आर्मी आज दोस्रो जितको खोजिमा छ भने सुदुरपश्चिम पहिलो जित निकाल्न चाहान्छ ।

आर्मीले खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने एकमा हार ब्यहोरेको छ ।

खेलेका दुवै खेलमा हार भोगेको सुदुरपश्चिम अंकबिहिन रहँदै तालिकाको पुछारमा छ । आर्मी ३ अंक सहित ५ औँ स्थानमा छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्