ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सुदुरपश्चिमको पोष्टमा आर्मीले १४ गोल हानेपछि

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ : दिपा शाही एक्लैले पाँच गोल गरेपछि एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई १४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको छैटौँ मिनेटमा बिमला चौधरीको गोलबाट अग्रता बनाएको आर्मीले खेलको अन्तिमसमय सम्म गोलको बर्षा नै गरायो । आर्मीको जितमा दिपा शाहीले ह्याट्रिक पुरा गर्दै सर्वाधिक ५ गोल गरिन् ।

अनिता लमजेल र बिमला बिकले दुई/दुई गोल गरिन् । हिमा चौधरी,चन्द्रा भण्डारी,सञ्जु कुमाल, साबित्रि देबी मगरले एक/एक गोल गरिन् । एक गोल आर्मीले उपहार पाएको थियो ।

सुदुर पश्चिमले पनि एक गोल उपहार पाएको थियो । खेलमा सर्वाधिक गोलकर्ता दिपा शाही प्लेअर अफ दि म्याच बनिन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्