ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला टि–२० बिश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक

मंगलबार, भदौ २५, २०८१

काठमाडौँ : १९ बर्ष मुनिको आईसीसी महिला टि–२० बिश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

जारी खेल तालिका अनुसार नेपालले पहिलो खेलमा थाईल्याण्डसंग प्रतिस्पर्धा गर्ने छ । एसिया छनौटमा नेपालसहित युएई,थाईल्याण्ड र कुबेतले सहभागिता जनाउनेछन् । डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले सन् २०२५ मा मलेसियामा हुने १९  बर्ष मुनिको विश्वपमा खेल्ने अवसर पाउनेछ ।

पहिलो खेलमा नोभेम्बर ६ मा थाईल्याण्डसंग खेलेपछि त्यसको भोलीपल्टै कुबेतसंग खेल्नेछ । ९ तारिखमा युएईसंग खेलेपछि दोस्रो चरणमा नेपालले नोभेम्बर १०मा  थाईल्यान्ड, १२ मा कुवेत र १३ मा युएईसँग खेल्ने तालिका छ ।

यसअघि सन् २०२२ मा पहिलो पटक भएको छनोटमा नेपाल  युएईसंग पराजित हुँदै बाहिरिएको थियो ।

विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा यूएईमा हुने छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्