ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाली क्रिकेट टोली क्यानाडा प्रस्थान

बुधबार, भदौ २६, २०८१

काठमाडौँ : आईसीसी विश्वकप लिग टु खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानाडा उडेको छ ।

भदौ ३१ देखि असोज १० सम्म त्रिकोणात्मक ओडिआई सिरिज खेल्न नेपाली टोली गए राती २ बजे क्यानाडा उडेको तालिका रहेको नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ ।

क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानले हिजै बिदाई गरिसकेको छ ।

ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने तालिका छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्