ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला लिगमा आज दुई खेल हुने 

बुधबार, भदौ २६, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो साँढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र बिभागिय टोली नेपाल पुलिस क्लबीच प्रतिस्पर्धा हुँदैछ । कोशी अहिले सम्म अपराजित रहँदै ९ अंक सहित शिर्ष स्थानमा छ ।

खेलेका ३ खेलमध्ये एक खेलमा पराजय भोगेको पुलिस ७ अंक सहित लोस्रो स्थानमा छ । उपाधि दाबेदार दुवै टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान छ ।

यस्तै अर्को खेलमा आजै कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल दिउँसो साँढे ३ बजे सुरु हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्