ADD FOR WEBSIDE ADD FOR WEBSIDE
एन्फा महिला लिग

कोशी प्रदेशलाई हराउँदै पुलिस शिर्षमा

बुधबार, भदौ २६, २०८१

काठमाडौँ : बिभागिय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कोशी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो । कोशीलाई पहिलो हार चखाउने क्रममा पुलिसकी अनुश्का शेर्पा,निर्मला उपाध्याय,सम्झना लावती र अमृता जैशीले एक/एक गोल गरिन् ।

खेलेका चार खेलमध्ये ३ खेलमा जित र एक खेलमा पराजय भोगेको पुलिसको १० अंक भएको छ । हारका बाबजुत कोशी ९ अंक सहित दोस्रो स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल दिउँसो साँढे ३ बजे सुरु हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्