ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा लिगमा संकटाको पहिलो जित 

बुधबार, भदौ २६, २०८१

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा संकटा क्लबले पहिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा कर्णाली प्रदेशलाई २–० ले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा दुई बिदेशी खेलाडी सेलिना अनिमा र तेमिलोपे जेनिफर वओआईले गोल गरिन् ।

जितसंगै संकटा ४ अंक सहित छैटौँ स्थानमा उक्लिएको छ । आजै भएको पहिलो खेलमा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब शिर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले कोशीलाई ४–० को जित निकालेको हो । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्